त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरिएकोप्रति अनेरास्ववियुको आपत्ति
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरिएकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले एकलौटी निर्वाचनको मिति घोषणा गरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियु स्ववियु उपाध्यक्ष नारायण घर्तीले आफुहरूसँग कुनै सहमति नगरी निर्वाचनको मिति घोषणा गरिएको बताए । अनेरास्ववियुले आफूहरुसँग छलफल नै नगरी हतार हतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै क्याम्पसमा नारावाजी समेत गरेको छ ।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचना जारी गर्दै चैत १३ गते स्ववियु चुनाव हुने जानकारी गराएका थिए । लगत्तै रातारात फर्जी कार्ड बनाएर वास्तविक विद्यार्थीलाई कार्ड नदिई निर्वाचन गर्न खोजिएको भन्दै नाराबाजी गरिएको अनेरास्ववियुले जनाएको छ ।
क्याम्पसले १२ सयभन्दा धेरै फर्जी कार्ड जारी गरेको र त्यसको छानबिन नभई निर्वाचन गर्न नहुने अनेरास्ववियुले जनाएको छ । त्यसमा नेविसंघको असन्तुष्ट पक्षले समेत साथ दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण