छोरीले पालेकी थिइन् ५० भन्दा बढी कुकुर, वृद्ध आमालाई टोकेर मार्यो
कोलोराडो । अमेरिकाको कोलोराडोमा एक वृद्ध महिलालाई छोरीले पालेको कुकुरहरूले टोकेर मारेको घटना प्रकाशमा आएको छ । घटनापछि प्रहरीले वृद्धकी छोरीलाई पक्राउ गरेको छ । छोरीले घरमा ५० भन्दा बढी कुकुर पालेकी थिइन् । ७६ वर्षीया लाभोन हफ गत फेब्रुअरीमा घरमै मृत फेला परेको समाचारमा उल्लेख छ । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र धेरै कुकुरहरू घुमिरहेका थिए ।
घरमा थिए ५४ वटा कुकुर
लाभोन हफ डिमेन्सियाका बिरामी थिइन् । उनलाई २४सै घण्टा हेरचाह आवश्यक थियो । यति हुँदा हुँदै पनि उनकी ४७ वर्षीया छोरी जेसिका हफ आमालाई घरपालुवा कुकुरहरूसँग घरमा एक्लै छोडेर घरबाहिर गइन् । घरमा थुनिएका केही कुकुरहरू आक्रामक भए र वृद्धा महिलालाई निर्ममतापूर्वक मारे । प्रहरीले जेसिकाको घरबाट कुल ५४ वटा कुकुर फेला पारेका छन् । कयौं कुकुरहरूको अवस्था निकै खराब थियो । केही त निकै फोहोरी थिए ।
पशु नियन्त्रण अधिकारीहरूले घरमा रहेका सबै कुकुर र पिँजडामा थुनेर राखिएका चराहरू जफत गरेर लगेका छन् । जेसिका हाल थुनामा छिन् । बिहीबार उनलाई अदालतमा उपस्थित गराइँदै छ । यहीबीचमा जेसिका सरकारी वकिलले भने उनको बचाउ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण