छोरीले पालेकी थिइन् ५० भन्दा बढी कुकुर, वृद्ध आमालाई टोकेर मार्यो

कोलोराडो । अमेरिकाको कोलोराडोमा एक वृद्ध महिलालाई छोरीले पालेको कुकुरहरूले टोकेर मारेको घटना प्रकाशमा आएको छ । घटनापछि प्रहरीले वृद्धकी छोरीलाई पक्राउ गरेको छ । छोरीले घरमा ५० भन्दा बढी कुकुर पालेकी थिइन् । ७६ वर्षीया लाभोन हफ गत फेब्रुअरीमा घरमै मृत फेला परेको समाचारमा उल्लेख छ । प्रहरी घटनास्थलमा पुग्दा घरभित्र धेरै कुकुरहरू घुमिरहेका थिए ।
घरमा थिए ५४ वटा कुकुर
लाभोन हफ डिमेन्सियाका बिरामी थिइन् । उनलाई २४सै घण्टा हेरचाह आवश्यक थियो । यति हुँदा हुँदै पनि उनकी ४७ वर्षीया छोरी जेसिका हफ आमालाई घरपालुवा कुकुरहरूसँग घरमा एक्लै छोडेर घरबाहिर गइन् । घरमा थुनिएका केही कुकुरहरू आक्रामक भए र वृद्धा महिलालाई निर्ममतापूर्वक मारे । प्रहरीले जेसिकाको घरबाट कुल ५४ वटा कुकुर फेला पारेका छन् । कयौं कुकुरहरूको अवस्था निकै खराब थियो । केही त निकै फोहोरी थिए ।
पशु नियन्त्रण अधिकारीहरूले घरमा रहेका सबै कुकुर र पिँजडामा थुनेर राखिएका चराहरू जफत गरेर लगेका छन् । जेसिका हाल थुनामा छिन् । बिहीबार उनलाई अदालतमा उपस्थित गराइँदै छ । यहीबीचमा जेसिका सरकारी वकिलले भने उनको बचाउ गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?