लेखा समितिमा प्रश्न : कुलमान हटाएपछि बक्यौताबारे कहिले छलफल हुन्छ ?
मङ्गलबार, १२ चैत २०८१, १६ : ४९
काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिमा कुलमान हटाएपछि सरकारले उद्यमीहरूबाट विद्युत् बक्यौता रकम कसरी उठाउँछ भन्दै रास्वपा सांसद मनिष झाले प्रश्न गरेका छन् ।
मंगलबारको समितिको बैठकमा झाले भने, ‘यसअघिको समितिको बैठकमा कोही कुलमानलाई हटाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो कोही बक्यौता उठाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । त्यो बाझियो, बैठक कुनै निष्कर्षमा पुगेन’, उनले भने, ‘तर आज एउटा पाटो त सकियो नि ! निकालिछाड्नुभयो । राम्रो मान्छेलाई देख्नै नसक्ने । हाम्रो मान्छे मात्र चाहिने । अव त्यो बक्यौता कसरी उठाइन्छ ?’
सार्वजनिक लेखा समितिमा विद्युत् बक्यौता पेण्डिङमा रहेको एजेण्डा भएको भन्दै झाले अव उक्त बक्यौता कसरी उठाइन्छ भनेर प्रश्न गरे । साथै उनले समितिमा बक्यौताको एजेण्डामा छलफल गर्न समितिको बैठकको मिति तोक्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण