लेखा समितिमा प्रश्न : कुलमान हटाएपछि बक्यौताबारे कहिले छलफल हुन्छ ?
मङ्गलबार, १२ चैत २०८१, १६ : ४९

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिमा कुलमान हटाएपछि सरकारले उद्यमीहरूबाट विद्युत् बक्यौता रकम कसरी उठाउँछ भन्दै रास्वपा सांसद मनिष झाले प्रश्न गरेका छन् ।
मंगलबारको समितिको बैठकमा झाले भने, ‘यसअघिको समितिको बैठकमा कोही कुलमानलाई हटाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो कोही बक्यौता उठाउनुपर्छ भन्नेमा हुनुहुन्थ्यो । त्यो बाझियो, बैठक कुनै निष्कर्षमा पुगेन’, उनले भने, ‘तर आज एउटा पाटो त सकियो नि ! निकालिछाड्नुभयो । राम्रो मान्छेलाई देख्नै नसक्ने । हाम्रो मान्छे मात्र चाहिने । अव त्यो बक्यौता कसरी उठाइन्छ ?’
सार्वजनिक लेखा समितिमा विद्युत् बक्यौता पेण्डिङमा रहेको एजेण्डा भएको भन्दै झाले अव उक्त बक्यौता कसरी उठाइन्छ भनेर प्रश्न गरे । साथै उनले समितिमा बक्यौताको एजेण्डामा छलफल गर्न समितिको बैठकको मिति तोक्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या
-
छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ