अपडेट
सरकारद्वारा कुलमान हटाउने निर्णय सार्वजनिक
मङ्गलबार, १२ चैत २०८१, १९ : ०४
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेकामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा जानकारी गराएका हुन् ।
यसअघि सोमबारको बैठकपछि भने गुरुङले कुलमानबारे निर्णय भएको आफूलाई जानकारी नभएको दाबी गरेका थिए । तर, अन्य मन्त्रीहरूले सोमबार नै कुलमान हटाएको सूचना सञ्चारमाध्यमलाई दिएका थिए ।
सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै कांग्रेसकै केही नेता र प्रतिपक्षी दलका नेताले विरोध गर्नुका साथै जनस्तरमा समेत असन्तुष्टि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण