पाटन क्याम्पसमा रिले अनशन स्थगित, चैत १६ गते स्ववियु निर्वाचन गर्ने प्रशासनको निर्णय
काठमाडौं । स्ववियु निर्वाचन सुनिश्चितताको माग राख्दै अखिल (क्रान्तिकारी) पाटन क्याम्पसका उपाध्यक्ष तथा स्ववियु सचिव पदका उम्मेदवार टीकाराम खत्रीको नेतृत्वमा सुरु भएको रिले अनशन स्थगित भएको छ ।
प्रशासनले विद्यार्थीहरूको तीनबुँदे माग पूरा गर्ने सहमति जनाउँदै, चैत १६ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेपछि अनशन स्थगित गरिएको हो ।
प्रशासनले स्ववियु निर्वाचन निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्ने, शान्ति सुरक्षा कायम गर्न विशेष व्यवस्था गर्ने र स्ववियु निर्वाचन चैत १६ गतेका लागि तय गरिएपछि अनसन स्थगित भएको हो ।
खत्रीले आफूहरूको अनसन सफल भएको भन्दै अब आफूहरु निष्पक्ष निर्वाचन सुनिश्चत गर्न अझै सक्रिय रहने बताए ।
‘निर्वाचनको मिति तोकिएपछि विद्यार्थीहरूमा उत्साह देखिएको छ। अन्योलमा रहेको स्ववियु निर्वाचन अब निष्पक्ष रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ’, खत्रीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण