म्याक्सवेलको नाममा बन्यो आईपीएलको यस्तो खराब रेकर्ड
एजेन्सी, अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा ग्लेन म्याक्सवेलको नाममा खराब कीर्तिमान बनेको छ । मंगलबार पञ्जाब किंग्स र गुजरात टाइटन्सबिचको खेलमा म्याक्सवेलको नाममा यो कीर्तिमान जोडिन पुगेको हो ।
खेलमा ग्लेन म्याक्सवेल पहिलो बलमै रनआउट भए । उनी साई किशोरको बलमा एल्बीडब्लू आउट हुन पुगे । योसँगै उनी आईपीएलको इतिहासमा सबैभन्दा धेरै पटक शून्य (डक आउट) रनमा आउट हुने खेलाडी बनेका छन् ।
म्याक्सवेल १९ पटक शून्य रनमा आउट भएका छन् । यसअघि यस्तो खराब कीर्तिमान उनीसँगै संयुक्त रूपमा दिनेश कार्तिक र रोहित शर्माको नाममा थियो । दिनेश र रोहित १८-१८ पटक शून्य रनमा आउट भएका छन् ।
मुम्बई इन्डियन्सबाट खेल्ने शर्मा यसै आईपीएलमा चेन्नई सुपरकिंग्सविरुद्ध पहिलो खेलमा शून्य रनमा आउट हुँदै यो कीर्तिमानमा जोडिएका थिए ।
अहिले म्याक्सवेलले यी दुवै खेलाडीलाई उछिनेका हुन् । उनीहरूबाहेक पियुष चावला र सुनिल नरेन १६-१६ पटक शून्य रनमा आउट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण