स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं । स्विजरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घका लागि नेपाल स्थायी मिसन, जेनेभाको सहकार्यमा आयोजित ‘नेपाल नाइट’मार्फत स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको हो ।
जेनेभमा सोमबार सम्पन्न नेपाल नाइटको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसर तथा नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्विजरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
सचिव सिंहले नेपाल र स्विजरल्याण्डकाबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्धको चर्चा गर्दै यी दुई देशका भौगोलिक समानता र स्विजरल्याण्डकाले नेपालको पूर्वाधार, प्रविधि तथा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानलाई स्मरण गरे । उनले प्रसिद्ध स्वीस भूगर्भविद् तथा अन्वेषक डा. टोनी ह्यागेनले नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको प्रशंसासमेत गरे ।
बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू–दृश्य, पर्यटनका नयाँ पहल तथा नीतिसम्बन्धी विस्तृत प्रस्तुति दिएका थिए । पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले नेपालमा थप स्वीस पर्यटक तथा लगानीकर्तालाई स्वागत गर्न नेपाल पूर्णरूपमा तयार रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुला प्रतिस्पर्धाबाट नियुक्त कर्मचारीको ज्येष्ठता नियुक्ति पाएको मितिबाटै कायम हुने
-
बजेटमा लगानी, नीति र कार्यक्रमबिच तालमेल देखिएन : रामकुमारी झाक्री
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : पुरुषमा अशोक भण्डारी र महिलामा पूजा साउँद ‘सुदूरपश्चिम आइकन’
-
कर्मचारी नपठाएर मौलापुरको बजेट ‘फ्रिज’ गराउन खोजिएको मेयर साहको आरोप
-
बैतडी बस दुर्घटना अपडेट : चालकसहित १७ जना घाइते, दुई जनाको अवस्था गम्भीर
-
ग्लोबल आइएमई बैंकको एआई/एमएल ह्याकाथन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण