आईपीएलको पाँचौं खेलमा पञ्जाब विजयी, गुजरातले चुनौती पार गर्न सकेन
काठमाडौं । इन्डियन प्रिमियर लिग 'आइपीएल' क्रिकेटको पाचौं खेलमा पञ्जाब किंग्स विजयी भएको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा पञ्जाब ११ रनले विजयी भएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको पञ्जाबले नै गुजरात टाइटन्सलाई जितका लागि २ सय ४४ रनको चुनौती पेश गरेको थियो । पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रन बनाएकामा जवाफी व्याटिङ गरेको गुजरात २ सय ३२ रनमै समेटियो ।
गुजरातका लागि साई सुदर्शनले ७४, जोस् बट्लर ५४ र शेरफेन रदरफोर्ड ४६ र शुबमन गिलले ३३ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् ।
पञ्जाबका लागि कप्तान श्रेयस अयरले ४२ बलमा अविजित ९७ रन बनाएका थिए । उनले ९ छक्का र ४ चौका हिर्काए । यस्तै, सुरुवाती व्याट्सम्यान प्रियांश आर्याले ४७ रनको योगदान दिँदा मार्कस स्टोइनिसले २०रन जोडे ।
खेलको उत्तरार्धतिर शशांक सिंह चम्किए । उनले १६ बलमा ४४ रन जोडे । गुजरातका साई किशोरले ३ विकेट लिंदा कागिसो रबाडा र रसिद खानले एक-एक विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण