विरोधका बिच श्रीमतीको साथमा जेडी भान्स पनि जाने भए ग्रिनल्यान्ड
वासिङ्टन डीसी । अमेरिकाकी द्वितीय महिला उषा भान्सको आसन्न ग्रिनल्यान्ड भ्रमणमा उनका श्रीमान् उपराष्ट्रपति जेडी भान्स पनि जाने भएका छन् । ग्रिनल्यान्ड कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बारम्बारको अभिव्यक्तिका बिच ग्रिनल्यान्डले उषासमेत केही अमेरिकी अधिकारीहरूको भ्रमणको विरोध गरिरहेको थियो । यसैबीच भान्स पनि जाने भएका हुन् ।
आर्कटिकमा सुरक्षा सवालबारे ब्रिफिङ लिन भान्स दम्पती पिटुफिक स्पेश बेसमा जान लागेका हुन् । यस भ्रमणका क्रममा उनीहरूले त्यहाँ रहेका अमेरिकी रक्षा बलका जवानहरूलाई पनि भेट्ने ह्वाइट हाउसले भनेको छ ।
भान्स ग्रिनल्यान्ड भ्रमणमा जाने तय हुनु अघि नै उषा त्यहाँ सांस्कृतिक भ्रमणमा जान लागेकी थिइन् । यही हप्ता ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि ग्रिनल्यान्डको छुट्टै भ्रमणमा जाँदै छन् ।
अमेरिकी उच्च अधिकारीहरूको आसन्न भ्रमणलाई ग्रिनल्यान्डले उक्साउने खालको र अमर्यादित भन्दै निकै आलोचना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण