कुलमान बर्खास्तीको नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा विरोध
काठमाडौँ । नेपाली जनप्रगतिशील मञ्च, जापानले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।
मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै कुलमान बर्खास्तीको विरोध गरेको हो । दिनको १८ देखि २० घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई आफ्नो विज्ञता, ज्ञान, अनुभव र कार्य कुशलता मार्फत अध्यारो युगको अन्त्य गर्दै देशलाई उज्यालो युगमा प्रवेश गराउने घिसिङलाई कार्यकाल सकिनु अगावै गरिएको बर्खास्ती आपत्तिजनक रहेको अध्यक्ष मोहन पौडेल र महासचिव दावा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
जनताको हजारौँ जनगुनासा र असन्तुष्टिहरूलाई सम्बोधन गर्न छाडेर घाटामा रहेको प्राधिकरणलाई १२ अर्ब नाफामा लैजाने र ब्यापारीहरुबाट प्राधिकरणको अर्बौँ बाँकी बक्यौता रकम उठाउन प्रतिबद्ध घिसिङमाथि गरिएको अन्न्यायपूर्ण निर्णयले वर्तमान सरकार जनताको नभएर बिचौलियाको सरकार भएको मञ्चको जिकिर छ । साथै मञ्चले समाजवादी मोर्चाको आयोजनामा चैत्र १५ गते भष्ट्राचार र बेतिथिको विरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौँमा हुन गइरहेकोले जनपर्दशनमा सहभागी हुन समेत सबैमा आह्वान गरेको प्रवक्ता जिपी लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण