नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त
बुधबार, १३ चैत २०८१, १२ : ०८
काठमाडौँ । नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्।
बैंकको सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको छ ।
बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो ।
प्रमुख कार्यकारी अधिकृत ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर भन्ने दौडमा छन् । ज्ञवाली ज्योति विकास बैंकको सीईओ भइसकेका छन् । ज्ञवालीसँग बैङ्कहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक र ज्योति विकास बैंकमा गरी करिब २५ वर्ष बैंकमा काम गरेको अनुभव छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण