नामसँग खराब कीर्तिमान जोडियो तर, आउट थिएनन् ग्लेन म्याक्सवेल !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति पञ्जाब किङ्स र गुजरात टाइटन्सबिच खेल भएको थियो । उक्त खेलमा पञ्जाब किङ्सले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको थियो ।
उक्त खेलमा पञ्जाब किङ्सका ब्याट्सम्यान ग्लेन म्याक्सवेलको नाममा एउटा खराब कीर्तिमान जोडिन पुगेको थियो । उनी आईपीएलको इतिहासमा सबैभन्दा बढीपटक शून्य रनमा आउट हुने खेलाडी बन्न पुगेका थिए ।
गुजरातविरुद्धको खेलमा उनी पहिलो बलमै आउट भएर पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका म्याक्सवेललाई गुजरातका स्पिन बलर साई किशोरले एलबीडब्लूको धरापमा पारेका थिए ।
साई किशोरले फालेको ११औँ ओभरको चौथो बल म्याक्सवेलको प्याडमा ठोक्किएको थियो । त्यसपछि साई किशोरसँगै गुजरातका अन्य खेलाडीले पनि एलबीडब्लूको चर्को अपिल गरेका थिए । लगत्तै अम्पायरले पनि म्याक्सवेललाई एलबीडब्लू आउट घोषित गरे ।
तर, पेभेलियन फर्किनुअघि म्याक्सवेल केही शंकामा देखिएका थिए । म्याक्सवेलले आफूसँगै ब्याटिङ गरिरहेका कप्तान श्रेयष ऐयरसँग केही कुरा पनि गरे । तर, कप्तान श्रेयष ऐयरले अम्पायरको उक्त निर्णयविरुद्ध ‘रिभ्यू’ नलिने निर्णय गरे ।
यदि, अम्पायरको निर्णयविरुद्ध ‘रिभ्यू’ लिएको भए म्याक्सवेल नटआउट घोषित हुने थिए । पछि टेलिभिजन स्क्रिनमा त्यतिबेलाको फुटेजको रिभ्यू हेर्दा साई किशोरले फालेको बल म्याक्सवेलको प्याडमा नठोक्किएको भए विकेटभन्दा माथिबाट बाहिर जाने देखिएको थियो ।
त्यसैले त्यतिबेला पञ्जाब किङ्सका कप्तान श्रेयष ऐयरले डिसिजन रिभ्यू सिस्टम ९डीआरएस० को माग गरेको भए म्याक्सवेल आउट हुने थिएनन् । उनको नामसँग खराब कीर्तिमान पनि जोडिने थिएन । उनी आईपीएलको इतिहासमा १९औँ पटक शून्य रनमा आउट भएका हुन् ।
आईपीएलको इतिहासमा हालसम्म मुम्बई इन्डियन्सका खेलाडी रोहित शर्मा र रोयल च्यालेन्जर्स बेंगलुरुका पूर्वखेलाडी दिनेश कार्तिक १८–१८ पटक शून्य रनमा आउट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण