फिल्म ‘बिगुल’ बन्ने, हिरोमा छानिए नरेन
बुधबार, १३ चैत २०८१, १३ : ४८
काठमाडौँ। फिल्म ‘बिगुल’ निर्माण हुने भएको छ । एमजीपी ब्यानरमा निर्माण हुने फिल्म अभिनेता नरेन खड्काको मुख्य भूमिका रहनेछ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा नरेनलाई अनुबन्धित गर्दै फिल्म निर्माण घोषणा गरेको हो ।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्म रमेश कोइरालाले निर्देशन गर्न लागेका हुन् । कोइरालाले यसअघि ‘लीला’ र ‘नीरमाया’ बनाएका थिए ।
बिगुलको साङ्केतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ । ‘हमेशा’बाट अभिनयमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा पाएका थिए । फिल्ममा अन्य कलाकार छनौटको क्रममा छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्मको कल्पना पौडेल प्रस्तुतकर्ताका हुन् ।
फिल्मको छायांकन शिव ढकालले गर्दैछन् । फिल्मको छायांकन नयाँ वर्ष २०८२ को वैशाख १ गतेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण