अलेक्सान्डर आर्नोल्डलाई भित्र्याउने अन्तिम तयारीमा रियल
मड्रिड । रियल मड्रिडले लिभरपुलका फुल ब्याक ट्रेन्ट अलेक्सान्डर आर्नोल्डलाई फ्रि–ट्रान्सफरमा भित्र्याउन छलफल सुरु गरेको छ । नयाँ सिजनको सुरुवात अघि नै स्पेनिस महारथी इंग्ल्याण्डका खेलाडीसँगको सम्झौता सुनिश्चित गर्ने प्रयासमा रहेको हो ।
बीबीसी स्पोर्टका अनुसार दुई पक्षबिच स्थानान्तरणको विषयमा सहमति जुट्ने अन्तिम चरणमा रहेको छ । यद्यपि, हालसम्म कुनै औपचारिक पत्रमा हस्ताक्षर भने भएको छैन ।
अलेक्सान्डर आर्नोल्ड र लिभरपुलबिचको करार सम्झौता अब तीन महिना मात्र बाँकी रहेको छ । यो समाप्त भएसँगै उनी नयाँ चुनौती स्वीकार गर्न स्वतन्त्र हुनेछन् ।
रियलले २६ वर्षीय डिफेन्डरलाई भित्र्याउने आफ्नो प्रमुख लक्ष्य बनाएको छ । क्लबले उनलाई विगत दुई वर्षदेखि पछ्याइरहेको छ ।
यता, अलेक्सान्डर आर्नोल्डले लिभरपुलका लागि ३ सयभन्दा बढी खेल खेल्दै सबै मुख्य ट्रफीहरु पनि जितेका छन् । उनी क्लबको उपकप्तान पनि हुन् ।
६ वर्षको उमेरमा लिभरपुलको एकेडेमीमा आबद्ध भएका उनले सन् २०१६ को अक्टोबरमा योर्गन क्लपको नेतृत्वमा सिनियर टोलीमा डेब्यू गरेका थिए ।
उनले प्रिमियर लिग, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि उचालिसकेका छन् । उनले सन् २०२१ मा क्लबसँग चार वर्षका लागि नयाँ करार सम्झौता गरेका थिए । उनले त्यसपछि लिग कप र एफए कप पनि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण