योगी आदित्यनाथको जीवनमा आधारित फिल्म पाँच भाषामा रिलिज हुने
काठमाडौँ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जीवनीमा आधारित फिल्म बन्दैछ । ‘अजेय :द अनटोल्ड स्टोरी अफ अ योगी’ नामको उक्त फिल्म एक साथ ५ भाषामा रिलिज हुने जनाइएको छ ।
यसै वर्ष रिलिज हुने उक्त फिल्ममा योगी आदित्यनाथको जीवनका विभिन्न पक्षलाई उतारिने निर्माण पक्षले जानकारी दिएको छ । फिल्ममा योगी आदित्यनाथको भूमिकामा अनन्त जोशीले अभिनय गर्दैछन् । उक्त फिल्ममा परेश रावल, दिनेशलाल यादव ‘निरहुआ’, अजय मेंगी, पवन मल्होत्रा, राजेश खट्टर, गरिमा सिंहले समेत अभिनय गरेका छन् । फिल्मलाई हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायम भाषामा रिलिज गर्ने जनाइएको छ ।

सम्राट सिनेमेटिक्सको ब्यानरमा उक्त फिल्म निर्माणाधीन छ । फिल्ममा योगी आदित्यनाथको जीवनको सुरुवाती अध्यायदेखि नाथपन्थी योगीका रूपमा सन्न्यास लिने निर्णय, उत्तर प्रदेशको सामाजिक–राजनीतिक आयामलाई नयाँ रूप दिने नेताका रूपमा उनले हासिल गरेको सफलतालाई समेटिएको निर्माण पक्षको भनाइ छ ।
फिल्मका निर्देशक रवीन्द्र गौतमले भने, ‘यो फिल्म देशका युवालाई अविश्वसनीय रूपमा प्रेरणा दिनेछ, जो उत्तराखण्डको एउटा गाउँको साधारण मध्यमवर्गीय परिवारमा जन्मिएको व्यक्ति भारतकै सबैभन्दा धेरै जनसंख्या भएको राज्यको मुख्यमन्त्री बन्दासम्मको जीवन–संघर्षलाई चित्रण गर्दछ ।’
उक्त फिल्मको ‘फस्ट लुक’ हालै सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण