नेपाल ल क्याम्पसमा निर्वाचन अनिश्चित, नेविसंघको आन्दोलन जारी
बुधबार, १३ चैत २०८१, १९ : १४
काठमाडौँ । नेपाल ल क्याम्पसमा निर्वाचन प्रक्रिया अनिश्चित बनेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) पुनः आन्दोलनमा उत्रिएको छ।
आवधिक निर्वाचन सुनिश्चित गर्न दबाब सिर्जना गर्न नेविसंघले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो ।
नेविसंघका अनुसार रिले अनसनपछि निर्वाचन कार्यतालिका सार्वजनिक भए पनि प्रक्रिया अघि नबढेपछि उनीहरू बाध्य भएर तालाबन्दी गर्न पुगेका हुन्। संगठनले भनेको छ, 'हामी शैक्षिक गतिविधिमा अवरोध सिर्जना नगरी निर्वाचन सुनिश्चित गर्न संघर्ष गरिरहेका छौँ। प्रशासनले निर्वाचन अपरिहार्य छ भन्ने बुझ्नुपर्छ।'
क्याम्पस प्रशासन भने निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा अन्योलमै रहेको देखिन्छ। नेविसंघले चेतावनी दिँदै भनेको छ- यदि तत्काल निर्वाचनको सुनिश्चितता गरिएन भने थप कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण