हेटौँडामा देवरले गरे भाउजूको हत्या, दाइमाथि खुकुरी प्रहार
हेटौँडा । हेटौँडामा आफ्नै देवरले भाउजूको बीभत्स हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकी टोलमा २२ वर्षीय राहुल दासले बुधवार आफ्नै जेठी भाउजूको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधवार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइमाथि खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । घरका सदस्यहरूले जेठी बुहारी गुडियालाई नदेखेपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठाभित्र मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकुरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने बताए । राहुललाई प्रहरीले पक्राउ गरेको छ । राहुलले किन र के उद्देश्यले भाउजू र माइलो दाइमाथि आक्रमण गरे भन्ने खुली नसकेको उनको भनाई छ ।
निरीक्षक सापकोटाका अनुसार मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीको सिलसिलामा कतारमा छन् । गुडियाका ३ सन्तान रहेका छन् । घटनाका बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण