टिकटकको बिक्रीका लागि ट्रम्पले चीनमाथिको कर घटाउन सक्ने
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको मालिक बाइटडाइन्सलाई भिडियो एप बेच्न सहयोग गर्न चीनमाथिको कर घटाउन सकिने बताएका छन् । ट्रम्पले चिनियाँबाहेकको मालिक फेला पार्नका लागि दिइएको ५ अप्रिलको समयसीमा बढाउन पनि आफू तयार रहेको ट्रम्पले बताएका हुन् ।
गत जनवरीमा उनले पूर्वराष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू हुनबाट रोकेका थिए । सन् २०२४ मा पारित गरिएको कानुनले राष्ट्रिय सुरक्षाको आधार देखाउँदै टिकटकलाई बिक्री वा प्रतिबन्ध गर्नुपर्ने बताएको थियो ।
बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘बिक्री पूरा गर्नका लागि सायद म करमा केही छुट दिनसक्छु ।’ ट्रम्पले अप्रिल ५ सम्म सम्झौताको प्रारम्भिक खाकामा केही सहमति हुन सक्ने आशा पनि व्यक्त गरे ।
टिकटक अमेरिकामा निकै लोकप्रिय रहेको छ । त्यहाँ १७ करोड प्रयोगकर्ता रहेका छन् । पहिलो कार्यकालमा टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्ने ट्रम्प अहिले आफै टिकटकमा छन् । उनका १.५ करोड फलोअर्सहरू रहेका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा उनले यस एपबाट करोडौँ भ्यूज प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण