अदालत
कुलमानको रिट दर्ता, शुक्रबार पेसी
बिहीबार, १४ चैत २०८१, १३ : ४१
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।
घिसिङले गैरकानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै बुधवार रिट निवेदन पेस गरेका दिएका थिए । उक्त रिट आज मात्रै दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
शुक्रवार उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण