दक्षिण कोरियाको जंगलमा फैलिएको आगलागी बस्तीमा, २७ जनाको मृत्यु
सोल । दक्षिण कोरियाको जंगलमा भीषण आगलागी बस्तीसम्म फैलिँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको गृह मन्त्रालयले बिहीबार यो जानकारी दिएको हो ।
मृतकहरूमध्ये धेरैजसो ६० र ७० को वर्ष उमेरका भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
यस आगलागीमा परेर अरू ३२ जना घाइते भएको बताइएको छ । आगलागीका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने आगलागीको चपेटामा कयौँ प्राचीन स्थलहरू पनि परेको छ ।
आगलागीबाटै बुधबार १३०० वर्ष पुरानो बौद्ध मन्दिर जलेर नष्ट भएको थियो । मार्च २१ मा दक्षिण–पूर्वी दक्षिण कोरियाका जंगलहरूमा आगलागी शुरु भएको थियो ।
जंगलमा फैलिएको आगलागीले एक हप्ता भित्र ३५,००० हेक्टरभन्दा बढी क्षेत्रफल नष्ट गरिसकेको छ । हुरी र सुख्खाका कारण आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूले बताइरहेका छन् । हुरीका कारण हेलिकप्टर उडाउनु पनि खतरनाक भएको छ । मंगलबार आगो निभाउने प्रयास गर्दा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण