सुरक्षाकर्मीको संयमताले ठुलो मानवीय क्षति हुन पाएन : गृह मन्त्रालय
काठमाडौँ । गृह मन्त्रालयले शुक्रवार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको राजावादीको प्रदर्शनमा सुरक्षाकर्मीले ठुलो संयमता अपनाएर ठुलो मानवीय क्षति हुनबाट जोगिएको जनाएको छ ।
गृह मन्त्रालयले शुक्रवार साँझ गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले सुरक्षाकर्मीको संयमताका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको बताएका हुन् ।
उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरू दुर्गा प्रसाईँको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए ।
साथै र गणतन्त्रवादीले गरेका प्रदर्शनमा ३५ हजार हाराहारी सहभागी भएको गृह मन्त्रालयले जनाएको छ । साथै राजावादीको आन्दोलनमा ३,४ हजारको हाराहारीमा मानिसहरूको सहभागिता रहेको पनि मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने जनाएको छ । मन्त्रालयले हिंसात्मक घटनामा भएको क्षति आयोजकलाई नै तिराउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण