पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
इस्लामावाद । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ ।
उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा ‘सशस्त्र तालिवान’ विरुद्धको सुरक्षा कारबाहीका क्रममा सशस्त्र लडाकू समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जनाएको छ ।
‘एउटा घरमा लुकेर बसेका लडाकुले सुरक्षाकर्मीमाथि गोली चलाएका थिए,’ स्रोतले भन्यो। घन्टौँसम्म चलेको भिडन्तमा सेनाले लडाकू हेलिकप्टर तैनाथ गरेको थियो जसमा आठ जना तालिवान लडाकू मारिएका थिए भने अन्य छ जना सैनिक घाइते भएका थिए ।
प्रहरी अधिकारी मोहसिन अलीले एएफपीलाई बताएअनुसार पृथकतावादीहरूले मोटरसाइकलमा राखेको बम विस्फोटमा परी बलुचिस्तानको दक्षिणमा एक सैनिक र एक सर्वसाधारणको मृत्यु भएको छ ।
गत महिना आतङ्ककारीहरूले सयौं रेल यात्रीहरूलाई बन्धक बनाएका थिए र सेवामा रहेका दर्जनौ सैनिकहरूको हत्या गरेका थिए । चिनियाँ पूर्वाधार रहेको संवेदनशील क्षेत्र ग्वादर जिल्लामा सेनाको गाडी गुडिरहेको बेला भएको विस्फोटमा तीन सैनिक र एक सर्वसाधारण घाइते भएका छन् ।
खैबर पख्तुनख्वा र बलुचिस्तानमा सरकारविरुद्ध लडिरहेका सशस्त्र समूहले यस वर्षको सुरुदेखि गरेको आक्रमणमा परी अहिलेसम्म १९० भन्दा बढीको मृत्यु भइसकेको छ ।
तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) भनिने पाकिस्तानी तालिबानले मार्चको मध्यमा सुरक्षा बलविरुद्ध ‘वसन्त अभियान’ को घोषणा गरेको थियो ।
इस्लामाबादस्थित ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज’का अनुसार गत वर्ष पाकिस्तानमा करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष थियो, जहाँ आक्रमणमा परी एक हजार ६०० भन्दा बढीको मृत्यु भएको थियो ।
यो हिंसा अफगानिस्तानसँग जोडिएको पाकिस्तानको सीमा क्षेत्रमा मात्र सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण