कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
शनिबार, १६ चैत २०८१, २० : ३९
धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी सवार ट्याक्टर शनिबार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।
घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा २७ जना घाइते भएका छन्, जसमध्ये १२ जनाको उपचार सेती प्रादेशिक अस्पतालमा र १५ जनाको उपचार धनगढीको निसर्ग अस्पतालमा भइरहेको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र १२ जनाको समान्य रहेको बताइएको छ । हालसम्म ट्याक्टर दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण