तपाईँहरूलाई नै राजा मानिरहेकै छु, सधैँ राजावादी भइरहन पाउँ : दीपकराज गिरि
काठमाडौँ । कलाकार दीपकराज गिरिले आफूलाई राजावादीको सूचीमा राखेर विज्ञप्ति निकालेकोमा असन्तुष्टि पोख्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले दलका नेताहरूलाई नै राजा मानेर समर्थन गरिरहेको उल्लेख गरेका छन् । उनी लेख्छन्– '२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहाँ उल्लेख नगरौँ! मेरो राजावादी यात्रा ठोस रूपमा सुरु २०४६ पछि सुरु भएको हो ! मुलुकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो, कुन बिचार र दललाई अंगालौ भनेर अध्ययन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर 'राजा'को पार्टी रोजियो ।'
उनी थप लेख्छन्– 'त्यसपछि २०६२ र६३ आयो , त्यतिबेला मूलक नै संकटमा परेको आभास भयो र प्रचण्ड राजाको क्रान्तिकारी तेज बाट प्रभावित पनि भइयो र उनी लगायतका नेताहरूको आव्हानलाई साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिँडियो पनि !! त्यति बेला फेरी एकपल्ट राजावादी भइयो!'
उनले राजावादी आन्दोलनको ठिक एक दिन अघि एउटा बौद्धिक भेला हुँदैछ जसले हाल देखिएको राजनीति धुर्बिकरणको बारेमा छलफल गर्नेछ, तपाइको बिचार के छ राख्नु होला भनी बोलाएर आफूलाई राजावादीको सूचीमा राखेकोमा भने असन्तुष्टि जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण