प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी, महासचिवमा मनोज घर्तीमगर विजयी
काठमाडौं । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् । काठमाडौंको थापागाउँस्थित एक पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी विजयी भएका हुन् ।
निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी बनेका पुष्टि गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएका आचार्यले बताए । वरिष्ठ उपाध्यक्ष अधिकारी सबैभन्दा धेरै मतान्तर सहित विजयी उम्मेदवार हुन ।
महासचिवमा मनोज घर्तीमगर विजय भएका छन् । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे ।
त्यसैगरी उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका निर्वाचन प्रमुख गोविन्द आचार्यले बताए । यी पदमा निर्विरोध नभएकाले मतदानबाट विजयी घोषणा गरिएको उनले बताएका छन् ।
प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित टीम यस्तो छ:
#अध्यक्ष: कमल गिरी
#वरिष्ठ उपाध्यक्ष: सुरेशचन्द्र अधिकारी
#उपाध्यक्षहरु
खुल्ला:- लक्ष्मण खड्का,विवेक गौतम र रामसिंह ठगुंना
समावेसी:- दिपक श्रेष्ठ "जलन"
महिला:- शान्ता अधिकारी
#महासचिव: मनोज घर्ती मगर
#उपमहासचिवहरु :
खुल्ला:- ज्ञानप्रसाद पौडेल
आदीवासी जनजाती:- बुद्ध लोप्चन
दलित:- हर्क बहादुर विक "हरिश"
महिला:- लक्ष्मी आचार्य
मधेसी:- अनिल मिश्र
#सचिवहरु :
खुल्ला:- सुरेन्द्र चालिसे र सन्तोष देउजा
महिला:- अन्जली थापा
समावेसी:- अवतार राई।
कोशी:- दिपेन्द्र कुमार राई
मधेस:- सुनिता वराल,
बागमती:- मीन कुमार दाहाल
गण्डकी:- दिपक भट्टराई
लुम्बिनि:- मानसिङ्ग विक
कर्णाली:- गणेश कञ्चन भारति
सुदुरपश्चिम प:- राजेन्द्र प्रसाद अवस्थी
उपत्यका प :- नवराज दाहाल
प्रतिष्ठान प :- केशव भुल
एशोसियट प :- नन्दलाल तिवारी
#कोषाध्यक्ष : वसन्त गिरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण