श्रद्धाञ्जलीका लागि कोइरालाको पार्थिव शरीर एकीकृत समाजवादीको कार्यालयमा
काठमाडौँ । पत्रकार, लेखक र कूटनीतिज्ञको समेत छवि बनाएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार परिषद् सदस्य स्व. कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ ।
वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ समेत भनेर चिनिएका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको थियो । मङ्गलवार लडेर पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा आइतबार राति निधन भएको छोरी ऋचा कोइरालाले जनाएकी छिन् ।
कमल पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि सक्रिय थिए । ०४७ पछि एमाले निकटको दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनले ०६१ पछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक भएका उनी पछिल्लो समय साँघु, जनआस्था र बुधवार लगायतका साप्ताहिक पत्रिकामा स्तम्भकारका रूपमा कलम चलाउँदै आएका थिए ।
०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कोइरालाले करिब तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सल्लाहकारसमेत हुन् । पार्टी विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए । कोइरालाको आजै अन्तिम संस्कार गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण