चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
सोमबार, १८ चैत २०८१, १३ : ५०

काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा धारणा राखे । धारणा राख्ने क्रममा केसीले निर्मल निवासमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुपर्नेमा शीतलनिवासमा बस्ने भन्न पुगे ।
उनले आफ्नो धारणा राख्दै गए । उनको समय सकिएपछि सभामुख देवराज घिमिरेले उनलाई शीतल निवास नै भन्नुभएको हो कि निर्मल निवास भन्न खोज्दा शीतल निवास भएको भनेर सोधे । चित्रबहादुरले झुक्किएर शीतल निवास भएको बताएपछि सच्याउन सभामुख घिमिरेले सचिवालयलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित