चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
सोमबार, १८ चैत २०८१, १३ : ५०
काठमाडौँ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा धारणा राखे । धारणा राख्ने क्रममा केसीले निर्मल निवासमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुपर्नेमा शीतलनिवासमा बस्ने भन्न पुगे ।
उनले आफ्नो धारणा राख्दै गए । उनको समय सकिएपछि सभामुख देवराज घिमिरेले उनलाई शीतल निवास नै भन्नुभएको हो कि निर्मल निवास भन्न खोज्दा शीतल निवास भएको भनेर सोधे । चित्रबहादुरले झुक्किएर शीतल निवास भएको बताएपछि सच्याउन सभामुख घिमिरेले सचिवालयलाई निर्देशन दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण