मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
सुर्खेत । बिहान ९ बजेबाट सुरु भएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको मतदान जारी छ । दिउँसो पौने २ बजेसम्म १७४० मत खसेको सहायक निर्वाचन अधिकृत जगत ढकालले जानकारी दिए ।
४ हजार ३ सय ८३ मतदाता संख्या रहेको विश्वविद्यालयमा साँझ ५ बजेसम्म मतदान हुनेछ ।
निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् । एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू) बाट जगतजंग शाही, माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष प्रकाश विक, कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट मिलन विसी उम्मेदवार छन् भने विप्लव निकट विद्यार्थी संगठनबाट चिनबहादुर सहकारी अध्यक्षका उम्मेदवार छन् ।
यस्तै विकल्प ओली राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिन रेग्मी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार अध्यक्षका उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
-
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिएकोमा पूर्वउर्जामन्त्री घिसिङद्वारा धन्यवाद व्यक्त
-
लोक सेवा आयाेगका अध्यक्ष रेग्मी अनिवार्य अवकाशमा
-
डीपसिकसहित सयभन्दा बढी चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्न अमेरिकाको ढिलाइ
-
लेबनानमा युद्धविराम गर्न जी–सेभेन राष्ट्रहरूको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण