पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन् । भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणी समेत गरे ।
उनले जनताले फ्याँकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गर्दै पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरेका थिए ।
राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेको भन्दै अब कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको र गणतन्त्रको रक्षाका लागि सबै दलहरु एकढिक्का भएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी