पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन् । भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणी समेत गरे ।
उनले जनताले फ्याँकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गर्दै पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरेका थिए ।
राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेको भन्दै अब कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको र गणतन्त्रको रक्षाका लागि सबै दलहरु एकढिक्का भएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण