घट्यो सिमेन्टको मूल्य
काठमाडौँ । बजारमा सिमेन्टको मूल्य घटेको छ । सिमेन्ट उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।
‘लोडसेडिङ घटेसँगै उत्पादन बढेको र सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँसम्मले मूल्य घटाएको जानकारी आएको छ,’ महानिर्देशक दाहालले भने, ‘लोडसेडिङ पूर्णरुपमा हटेपछि अझै धेरै मूल्य घट्छ ।’
फलामे छड (डन्डी) को मूल्य घटेको बारेमा जानकार नभएको बताए । ‘ठ्याक्कै के कति घट्यो भनेर भन्न सक्ने अवस्था छैन । यस विषयमा उद्योगीहरूसँग सोध्नुपर्ने हुन्छ ,’ उनले भने ।
यसअघि विभागले उद्योगीहरूलाई सिमेन्ट र डन्डीको उत्पादन लागत मूल्यको सम्पूर्ण विवरण विभामा उपलब्ध गराउन पत्राचार गरेको थियो । साथै विभागका महानिर्देशक दाहालले उद्योगीहरूलाई एक साताभित्र सिमेन्ट र डन्डीको अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएका छन् । उद्योगीहरूले पनि उक्त कुराको सहमति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण