हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद्को हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन् । मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले रास्वपाको बुझाइमा चुनौतीपूर्ण र नियन्त्रणमुखी रहेको आरोप लगाएकी हुन् ।
उनले कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वाभाविक रूपमा अलिकति अगाडि बढेको महसुस आफूहरूले गरेको बताइन् । उनले रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बनको प्रक्रियालाई लिएर नियन्त्रणमुखी महसुस गरेको बताइन् ।
उनले भनिन्, ‘यो अधिवेशन हाम्रो बुझाइमा अत्यन्तै चुनौतीपूर्ण हामीले देख्यौँ । कानुन निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासमा स्वाभाविक रूपमा अलिकति अगाडि बढेको महसुस भयो । अन्यथा धेरै विषयहरू अलि नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने बुझाइ छ । हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बनको प्रक्रिया हामीले अलिकति नियन्त्रण महसुस गरिरहेका हौँ । त्यस कारण संसद्को गएको अधिवेशन अभ्यासका हिसाबले निकै चुनौतीपूर्ण, नियन्त्रणमुखी भएको महसुस गरेका छौँ ।’
उहाँले नेपालमा सबै विषयवस्तुलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने गरिएकोप्रति आपत्ति जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण