योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
नयाँ दिल्ली । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री पदका लागि आफ्नो दाबीलाई लिएर ठुलो बयान दिएका छन् । हृदयदेखि आफू योगी भएको र राजनीति आफ्नो फुल टाइम काम नभएको पनि उनले बताए ।
आफू उत्तर प्रदेशका जनताको सेवा गर्न मुख्यमन्त्रीको पदमा रहेको अनि सधैंभरिका लागि राजनीतिमा नआएको पनि उनले स्पष्ट पारे । आफूले त भारतीय जनता पार्टीले दिएको जिम्मेवारी मात्रै पूरा गरिरहेको पनि उनले बताए ।
उनले यी सबै कुरा पीटीआईलाई दिएको एक अन्तरवार्तामा गरेका हुन् । प्रधानमन्त्री पदको लागि आफूले उम्मेदवारी दिएको कुरा पनि उनले अस्वीकार गरेका छन् । उनले भने, ‘म राजनीतिमा कति समय रहन्छु भन्ने कुराको समयसीमा छ । म सधैंभरि राजनीतिमा छैन ।’ आजभोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तराधिकारी को बन्ला भन्नेबारे चर्चा चलिरहेको छ । योगीलाई उनका समर्थकहरूले प्रधानमन्त्री पदको दाबेदारको रूपमा हेरिरहेका छन् । मार्च ३० मा प्रधानमन्त्री मोदीको सङ्घ मुख्यालयको भ्रमणपछि यी छलफलहरू तीव्र भएका छन् । सामाजिक सञ्जालमा भइरहेको छलफलमा मुख्यमन्त्री योगी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र केन्द्रीय मन्त्री नितिन गडकरीलाई प्रधानमन्त्री पदको दाबेदारको रूपमा हेरिएको छ ।
राजनीतिमा धर्म मिसाउनु गलत नभएको आदित्यनाथले बताएका छन् । धर्मलाई केही ठाउँमा सीमित गर्नु र राजनीतिलाई केही मानिसहरूमा छोड्नु गल्ती भएको पनि उनले बताए । यसले समस्या सिर्जना गर्ने उनको भनाइ छ । राजनीतिको उद्देश्य स्वार्थ पूरा गर्नु नभएर समाजको भलाइ गर्नु भएको उनी भन्छन् । त्यसैगरी, धर्मको उद्देश्य पनि दान भएको उनले बताए । धर्मलाई स्वार्थी उद्देश्यका लागि प्रयोग गर्न थालेपछि समस्याहरू उत्पन्न हुने, तर उद्देश्य परोपकारी हुँदा धर्मले प्रगतिको बाटो खोल्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण