खाद्य संस्थानको रिक्त विज्ञ सञ्चालक खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति गरिँदै
बुधबार, २० चैत २०८१, १३ : ३९
काठमाडौँ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को रिक्त विज्ञ सञ्चालक पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत ४ गते सूचना जारी गर्दै उक्त पदमा नियुक्तिका लागि आवेदन खुला गरेको थियो ।
उक्त पदका लागि ५ वटा आवेदनले स्वीकृति पाएका छन् । आवेदन स्वीकृत हुनेमा बेलकोट –१० कञ्चनपुरका केशवराज पाण्डेय, गौरीगाउँ –२ डोटीका निर्पबहादुर बोहरा, काठमाडौँ–१६ का युवराज खनाल, शारदा नगरपालिका– ३ सल्यानका रणबहादुर बुढाथोकी रहेका छन् । यस्तै महिला विज्ञ सञ्चालक सदस्यमा कीर्तिपुर नगरपालिका ३ की नानी महर्जन रहेका छन् ।
स्वीकृत प्राप्त आवेदकहरूलाई अन्तरवार्ताका लागि शुक्रबारलाई मन्त्रालयले बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण