आईपीएलमा धोनीले अब ६ खेलमात्र खेल्ने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको इतिहासमा महेन्द्रसिंह धोनी सर्वाधिक सफल कप्तानमध्ये एक हुन् । उनकै कप्तानीमा चेन्नई सुपर किङ्सले पाँचपटक आईपीएलको उपाधि जितेको थियो ।
चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँचपटक आईपीएलको उपाधि जित्न सकेको छ । आईपीएलको १८औँ संस्करणमा पनि धोनी खेलाडीको भूमिकामा चेन्नईको टोलीमा छन् । तर, उनी कप्तानको भूमिकामा भने छैनन् । तर, जारी आईपीएलमा धोनीको निकै आलोचना भइरहेको छ ।
चेन्नईले हालसम्म आफूले खेलेको तीनमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको छ । जारी सिजनमा प्रभावशाली विकेटकिपर ब्याट्सम्यान धोनी तल्लो क्रममा ब्याटिङ गर्न आउने गरेका छन् । उनकै कारणले दुई खेलमा टोलीले हार ब्यहोर्नु परेको आरोप पनि लाग्ने गरेको छ ।
चेन्नईका प्रमुख प्रशिक्षक स्टिफन फ्लेमिङले हालै स्वास्थ्य समस्याका कारण धोनी तल्लो क्रममा ब्याटिङ गर्न आएको स्पष्टीकरण दिएका थिए । प्रशिक्षक फ्लेमिङले धोनीको घुँडामा समस्या रहेको बताएका थिए । उनले घुँडाको समस्याका कारण धोनीले लगातार १० ओभर ब्याटिङ गर्न नसक्ने बताउँदै धोनीले ब्याटिङका लागि आफ्नो क्रम आफै निर्धारण गर्ने गरेको जानकारी पनि सार्वजनिक गरेका थिए ।
केही क्रिकेट समर्थकले त धोनीले टोलीमा प्रतिभाशाली युवा खेलाडीको स्थान ओगटेको आरोपसमेत लगाएका छन् । यसैबिच, भारतीय सञ्चारमाध्यमले जारी आईपीएलमा अब धोनीले ६ खेलमात्र खेल्ने समाचारमा प्रकाशित गरेका छन् ।
बढ्दो उमेर र घुँडाको समस्याका कारण अब धोनीले आईपीएलको ६ खेलमात्र खेल्न दाबी समाचारमा गरिएको छ । प्रशिक्षक फ्लेमिङलाई नै उदृत गर्दै यस्तो समाचार प्रकाशित गरिएको हो । जारी सिजनको आईपीएलमा चेन्नईले १४ मध्ये अब ११ खेल खेल्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण