ग्रिक द्विपनजिक आप्रवासी सवार डुङ्गा पल्टियो, चार जनाको मृत्यु
एथेन्स । टर्की तटबाट ग्रीकको टापुमा आप्रवासीहरू बोकेर गइरहेको डुङ्गा पल्टिएको छ । ग्रीक तट रक्षकले दुर्घटनामा चार जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा दुई महिला र दुई बालबालिका छन् ।
यसबाहेक अरू २३ जनाको उद्धार गरिएको छ । तट रक्षकका अनुसार लेस्बोस टापुको उत्तरी तटमा खोजी र उद्धार कार्य जारी छ । जानकारीअनुसार यस क्षेत्रमा मौसम सफा थियो ।
यस्तोमा डुङ्गा पल्टनुको कारण स्पष्ट रूपमा थाहा हुन सकेको छैन । डुङ्गामा कति जना थिए, उनीहरू कुन कुन देशका थिए, डुङ्गा कस्तो खालको थियो ? भन्ने जस्ता जानकारी तत्काल प्राप्त हुन सकेको छैन ।
ग्रीक तट रक्षक बलका अनुसार समुद्र र जमिनमा खोजी र उद्धार कार्य भइरहेको छ । उद्धार कार्यमा तीन तट रक्षक जहाज, वायुसेना हेलिकप्टर र एउटा डुङ्गा संलग्न छन् ।
यिनीहरूले दुर्घटनामा परेकाहरूको निरन्तर खोजी गरिरहेका छन् । यद्यपि, कति जना बेपत्ता छन् भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट खबर आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण