हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक झन्डै २१ लाख नगद सहित पक्राउ
बिहीबार, २१ चैत २०८१, १७ : ३१
काठमाडौँ । हुन्डी कारोबारमा संलग्न एक जना चिनियाँ नागरिक झन्डै २१ लाख नगद सहित पक्राउ परेका छन् । चिनियाँ नागरिक २६ वर्षीय रिक्शे वाङ्मोलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
राजधानीको महाबौद्ध क्षेत्रमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट २० लाख ९२ हजार नगद फेला पारेसँगै नियन्त्रणमा लिइएको हो ।
उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण