फ्राइडे रिलिज : एक्लै आयो ‘वसन्त’
काठमाडौं । आज (शुक्रबार)बाट फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको फिल्मले सोलो रिलिज अवसर पाएको हो । यद्यपि देशभरको फिल्म हल यसले मात्र पाएको छैन । किनभने यस अगाडि रिलिज भएका ‘अञ्जिला’, ‘लाज शरणम्’ लगायत फिल्मले अझै धेरै स्टेसन ओगटेर छन् ।
‘वसन्त’ प्रकाश सपुतको निर्देशनमा डेव्यु फिल्म हो । नेपाल र विदेशका केही देशमा एकसाथ रिलिज भएको फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत समेत सपुतकै छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले बोकेको छ ।
फिल्मका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन् । फिल्मले केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण