ट्रम्पले अतिरिक्त भन्सार कर घोषणा गरेका देशहरूको सूचीमा किन छैन रुसको नाम ?
वासिङ्टन डीसी । यही बुधबार अमेरिकाले आफ्ना दर्जनौँ व्यापार साझेदारमाथि पारस्परिक अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गर्यो । ६० वटा देशको यो सूचीमा रुसको नाम थिएन ।
रूसमाथि अमेरिकाले लगाएको विद्यमान प्रतिबन्धहरूका कारण व्यावहारिक रूपमा उसँग कुनै पनि व्यापारलाई रोक्ने भएकोले यो सूचिमा रुसको नाम नभएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटलाई उद्धृत गर्दै अमेरिकी समाचार आउटलेट एक्सियोसले भनेको छ ।
रुस मात्रै होइन क्युबा, बेलारुस र उत्तर कोरियाको नाम पनि सो सूचिमा नभएको लेभिटले भनिन् । २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि अमेरिकाले रुसमाथि व्यापक प्रतिबन्ध लगाएको थियो ।
डोनाल्ड ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेपछि उनले रुसप्रति मैत्रीपूर्ण दृष्टिकोण देखाएका छन् । युक्रेन युद्ध समाप्त गर्न रुसलाई राजी गर्न उनी रुसप्रति निकै लचिलो बनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण