ट्रम्पले अतिरिक्त भन्सार कर घोषणा गरेका देशहरूको सूचीमा किन छैन रुसको नाम ?

वासिङ्टन डीसी । यही बुधबार अमेरिकाले आफ्ना दर्जनौँ व्यापार साझेदारमाथि पारस्परिक अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गर्यो । ६० वटा देशको यो सूचीमा रुसको नाम थिएन ।
रूसमाथि अमेरिकाले लगाएको विद्यमान प्रतिबन्धहरूका कारण व्यावहारिक रूपमा उसँग कुनै पनि व्यापारलाई रोक्ने भएकोले यो सूचिमा रुसको नाम नभएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटलाई उद्धृत गर्दै अमेरिकी समाचार आउटलेट एक्सियोसले भनेको छ ।
रुस मात्रै होइन क्युबा, बेलारुस र उत्तर कोरियाको नाम पनि सो सूचिमा नभएको लेभिटले भनिन् । २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि अमेरिकाले रुसमाथि व्यापक प्रतिबन्ध लगाएको थियो ।
डोनाल्ड ट्रम्प दोहोर्याएर राष्ट्रपति बनेपछि उनले रुसप्रति मैत्रीपूर्ण दृष्टिकोण देखाएका छन् । युक्रेन युद्ध समाप्त गर्न रुसलाई राजी गर्न उनी रुसप्रति निकै लचिलो बनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप