शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला

शनिबार, २३ चैत २०८१, १२ : ५६
शनिबार, २३ चैत २०८१

कास्की । हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको शव १२ दिनपछि  फेला परेको छ ।  गत चैत ११ गते अन्दाजी १२: ३० बजे जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्‍रुङमा हिमपहिरो आएको थियो ।

हिमपहिरोपछि अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय ई चेङ युवान सम्पर्कविहीन बनेका थिए । तत्काल स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा उनलाई फेला पार्न सकिएको थियो ।  त्यसपछि  कालिका गणबाट चैत १६ गते सहायक प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजी कार्यको लागि उक्त इलाका तर्फ खटिएको थियो ।

टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार अन्नपूर्ण गाउँपालिका-११ देउराली चुम्‍रुङ्गस्थित मादि नदी किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा शव फेला पारेको थियो । उक्त शवलाई ११ः २० बजे घटनास्थलबाट बाहिर निकालेको गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप