हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
कास्की । हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको शव १२ दिनपछि फेला परेको छ । गत चैत ११ गते अन्दाजी १२: ३० बजे जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्रुङमा हिमपहिरो आएको थियो ।
हिमपहिरोपछि अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय ई चेङ युवान सम्पर्कविहीन बनेका थिए । तत्काल स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा उनलाई फेला पार्न सकिएको थियो । त्यसपछि कालिका गणबाट चैत १६ गते सहायक प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजी कार्यको लागि उक्त इलाका तर्फ खटिएको थियो ।
टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार अन्नपूर्ण गाउँपालिका-११ देउराली चुम्रुङ्गस्थित मादि नदी किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा शव फेला पारेको थियो । उक्त शवलाई ११ः २० बजे घटनास्थलबाट बाहिर निकालेको गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण