मनोज कुमारको राजकीय सम्मानका साथ अन्त्येष्टि
मुम्बई । बलिउड अभिनेता-निर्देशक मनोज कुमारको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई भारतको राष्ट्रिय भण्डा ओढाएर मुम्बईको जुहूस्थित पवनहंसको शवदाह गृहमा ल्याइएको थियो।
त्यहाँ उनलाई २१ तोपको सलामी दिइएको थियो। उनका छोरा कुणाल गोस्वामीले चितामा दागबत्ती दिए। उनको अन्त्येष्टिमा प्रेम चोपडा, सलीम खान, सुभाष घई, अमिताभ बच्चन र छोरा अभिषेक उपस्थित थिए।
मनोज कुमारको शुक्रबार ८७ वर्षको उमेरमा निधन भएको थियो। उनले मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम सास लिए। देशभक्तिपूर्ण चलचित्रहरू बनाउने उनलाई भारत कुमारको नामले पनि चिनिन्छ।
मनोज कुमार लामो समयदेखि कलेजो सिरोसिसबाट पीडित थिए। उनको अवस्था बिग्रिएपछि २१ फेब्रुअरी २०२५ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।
मनोज कुमारले ७ वटा फिल्मफेयर अवार्ड प्राप्त गरे। पहिलो फिल्मफेयर अवार्ड सन् १९६८ मा फिल्म उपकारको लागि प्राप्त भएको थियो। उपकारले सर्वश्रेष्ठ चलचित्र, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ संवादको लागि चार फिल्मफेयर पुरस्कार जित्यो।
उनलाई १९९२ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो। २०१६ मा उनलाई दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण