रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
काठमाडौँ । रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई राज्यले पटक पटक लखेटिरहेको बताएका छन् । राज्यले लखेट्नै नहुने मान्छेलाई लखेटिरहेको उनको भनाइ छ ।
पार्टीको शनिबारदेखि सुरु भएको जनयात्रा कार्यक्रमलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले लामिछानेलाई न्यायालयको सम्मान गर्छु भन्दाभन्दै गुण्डागर्दी शैलीमा प्रहरीले बेबडरुमसम्मै गएर पक्राउ गरेको बताए ।
शनिबार गृहमन्त्रीको आदेश हतारमा प्रहरी परिचालन गरिएको र लामिछानेलाई अन्तिम इच्छा के छ भनेर सोधिएको ढकालले बताए । उनले लामिछानेमा किसानको मुहारमा हाँसो ल्याउने, रोजगारी सिर्जना गर्ने, विधिको शासन स्थापना गर्ने, भ्रष्टलाई पाता कस्ने अन्तिम इच्छा रहेको भन्दै अहिले सरकारमा रहेका भ्रष्टहरू एक जना व्यक्तिको पछि दौडिरहेको आरोप लगाए ।
उनले रविको मुटुमा रगत नभई तेजाब रहेको भन्दै त्यो तेजाबले भ्रष्टहरूलाई जलाउने चेतावनी दिए । चितवनले ०७९ मा परिवर्तनको दियो बालिसकेको उल्लेख गर्दै ढकालले डढेलो पनि सुरु भइसकेकाले ०८४ मा त्यो डढेलोमा भ्रष्टहरू खरानी बनाउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण