सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सिङ्गो नेपाललाई खुला सङ्ग्रहालय बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबारस्थित जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए । उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उल्लेख गरे । उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्न सक्ने विश्वबाट आउने पर्यटकहरूले नेपालको रसस्वादन गर्न सक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्न सक्ने बताए । सिङ्गो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री पाण्डे भने, ‘हाम्रो विविधतापूर्ण संस्कृति छ । यो विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति हामीले निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा हामी निर्वाह गर्दछौँ । त्यसैगरी हाम्रो प्रकृति पनि विविधतापूर्ण प्रकृति छ । हिमालदेखि समुन्द्रको सबैभन्दा होचो सतह, जम्मा ६०-७० मिटर सतहमा भएको केचन कवलसम्म हिमाल, पहाड, तराई, सबै किसिमले जडीबुटी, जङ्गल, जल सबै दृष्टिकोणले पनि हामी विविधतापूर्ण प्रकृतिले ओतप्रोत छौँ । विविधतापूर्ण संस्कृति र विविधतापूर्ण प्रकृति यसको हामीले ग्लोबल एड्भोकेसी गर्नुपर्नेछ ।’
उनले थप भने, ‘यसको विश्वव्यापी प्रचार र ब्राण्डिङ गर्नुपर्नेछ । त्यसो हुन सके संसारभरका मानिसहरू यहाँ आउने र हाम्रो प्रकृतिबाट लाभान्वित हुने र यसको रस्वादन गर्ने काम गर्न सक्छन् । हामी केबल भौतिक सम्पदाको मात्रै कुरा गरिरहेका छैनौँ । अभौतिक सम्पदा, हामीसँग त्यत्तिकै भाषाहरू छन् । त्यत्ति नै भेषभुषाहरु छन् । हामीसँग त्यस्तै संस्कृति, चाडपर्व, खानपान, विभिन्न परिकारहरू छन् । यो अभौतिक सम्पदा, भौतिक र अभौतिक सम्पदालाई जोडेर, जोगाएर नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो, सिङ्गो नेपाललाई एउटा खुला सङ्ग्रहालय जस्तो, सिङ्गो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रूपमा लिएर जानुपर्नेछ ।’
मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरू पनि नयाँ र फरक फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र महासचिव बैद्यबिच भैरहवा विमानस्थलमा जम्काभेट
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)