३५ दिनमा सकियो फिल्म ‘हर्ष’ को छायाङ्कन
काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’ को छायाङ्कन सकिएको छ । एकता पौडेल निर्देशित फिल्मको छायाङ्कन ३५ औँ दिनमा प्याकअप भएको हो ।
४० दिनको सेड्युल सहित सुरु गरेको फिल्म ३५ दिनमै सकिएको निर्देशक पौडेलले बताइन् । पौडेलको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको सबै छायाङ्कन चितवनमा गरिएको हो ।
फिल्ममा खगेन्द्र र वर्षाको अलवा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, सृष्टि महर्जन तथा सङ्गीता नापित लगायतको अभिनय छ ।
निर्देशक पौडेल दिवङ्गत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्युयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।
पारिवारिक सामाजिक कथामा बनेको निर्देशक पौडेलले लेखेकी हुन् । आलोक शुक्लाको छायाङ्कन, एलिश कार्कीको सङ्गीत रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन रहनेछ ।
ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण