अमेरिकामा प्राकृतिक प्रकोपको वितन्डा : बाढी र आँधीमा परेर १८ जनाको मृत्यु

वासिङटन डीसी । अमेरिकाको दक्षिणी र मध्यपश्चिमी क्षेत्रहरू प्राकृतिक प्रकोपको चपेटामा परेका छन् । केही दिन देखिको भारी वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको छ । कयौँ दिनदेखिको भारी वर्षाले क्षतविक्षत भएका यस क्षेत्रमा बाढीको अवस्था झनै खराब भएको छ । आँधी र वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रभावित क्षेत्र अर्कान्सास, टेनेसी र केन्टकीमा सडकहरू पानीमा चुर्लुम्म डुबेका छन् भने मान्छेको घरभित्र पानी पसेको छ । केन्टकीको फ्र्याङ्कफर्टमा सडकमा डुङ्गाहरू चलिरहेको देखिएको थियो । केन्टकी नदीको पानीको सतह खतरनाक स्तरमा पुगेको छ ।
आइतबार नदीको पानीको सतह ४७ फिटमाथि पुगेको थियो । आइतबार अलाबामा, जर्जिया र फ्लोरिडामा दिनभरि वर्षा र आँधीबेहरीको चेतावनी जारी गरिएको छ । बुधबारदेखि सुरु भएको आँधी र वर्षाका कारण यस क्षेत्रमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
यीमध्ये १० जना टेनेसीका हुन् । मिसौरीमा अग्नि नियन्त्रकको दुर्घटनामा मृत्यु भयो । केन्टकीमा पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय मौसम सेवाले धेरै राज्यहरूमा बाढीको जोखिम रहेको भनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट