अमेरिकामा प्राकृतिक प्रकोपको वितन्डा : बाढी र आँधीमा परेर १८ जनाको मृत्यु
वासिङटन डीसी । अमेरिकाको दक्षिणी र मध्यपश्चिमी क्षेत्रहरू प्राकृतिक प्रकोपको चपेटामा परेका छन् । केही दिन देखिको भारी वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको छ । कयौँ दिनदेखिको भारी वर्षाले क्षतविक्षत भएका यस क्षेत्रमा बाढीको अवस्था झनै खराब भएको छ । आँधी र वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी प्रभावित क्षेत्र अर्कान्सास, टेनेसी र केन्टकीमा सडकहरू पानीमा चुर्लुम्म डुबेका छन् भने मान्छेको घरभित्र पानी पसेको छ । केन्टकीको फ्र्याङ्कफर्टमा सडकमा डुङ्गाहरू चलिरहेको देखिएको थियो । केन्टकी नदीको पानीको सतह खतरनाक स्तरमा पुगेको छ ।
आइतबार नदीको पानीको सतह ४७ फिटमाथि पुगेको थियो । आइतबार अलाबामा, जर्जिया र फ्लोरिडामा दिनभरि वर्षा र आँधीबेहरीको चेतावनी जारी गरिएको छ । बुधबारदेखि सुरु भएको आँधी र वर्षाका कारण यस क्षेत्रमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
यीमध्ये १० जना टेनेसीका हुन् । मिसौरीमा अग्नि नियन्त्रकको दुर्घटनामा मृत्यु भयो । केन्टकीमा पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय मौसम सेवाले धेरै राज्यहरूमा बाढीको जोखिम रहेको भनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण