‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
काठमाडौँ । ‘वसन्त’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रकाश सपुतको निर्देशन रहेको फिल्मले जातीयताको कथा उठाएको छ । दर्शकलाई कलाकारको रूपमा फिल्मले आश्चर्य तुल्याएको छ । फिल्मको निर्माणदेखि प्रदर्शन अगाडिसम्म कहिल्यै प्रचार नगरिएका कलाकार फिल्ममा देख्न सकिन्छ ।
जसमा राजेश हमाल, दिलीप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की र सुरक्षा पन्तलाई फिल्ममा देख्न सकिन्छ । उनीहरूसँगै लोकदोहोरीकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई देख्न सकिन्छ । ‘वसन्त’ मा यति धेरै चर्चित कलाकारको अभिनय रहे पनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शन अघि सबै कुरा लुकाएका थिए । तर किन ? उनले केही खुलाएको छैनन् ।
फिल्म रिलिज पश्चात यी कलाकारको दृश्यको भिडियो क्लिप टिकटकमा समेत आइरहेको छ । कतिपयले यति धेरै कलाकारको विशेष भूमिकामा रहे पनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिज अघि खुलाउन चाहेनन् भन्ने चासो समेत सामाजिक सञ्जालमा ब्यक्त गरिरहेका छन् ।
प्रदर्शनअघि यी कलाकारको बारेमा जानकारी दिएको भए फिल्मको व्यवसायमा समेत राम्रो प्रभाव पार्थ्याे । फिल्मको प्रचारमा भने प्रकाशका अलवा स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभातपाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको मात्र चर्चा गरियो ।
मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता भने वीरेन्द्रनारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण