पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
सोमबार, २५ चैत २०८१, १९ : १४
काठमाडौं । पाटन क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। अनेरास्ववियुका सभापतिका उम्मेदवार तिलकबहादुर कुमालले दायर गरेको रिटमा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरन्त श्रेष्ठको संयुक्त इजलाशले तत्काल निर्वाचन गर्न आदेश आदेश दिएको हो ।
त्रिविकाे निर्देशन अनुसार १५ दिनभित्र निर्वाचनसम्बन्धि प्रकृया अगाडि बढाएकाे देखिएकाे भन्दै यथासिघ्र गर्न भनेकाे हाे । उच्च अदालतले क्याम्पसको चैत १६ मा प्रकाशित निर्वाचन स्थगत सम्बन्धी सूचनामा निर्वाचत स्थगित गर्नुपर्नेसम्मको वस्तुनिष्ट आधार र कारण नखुलेको अदालतकाे आदेशमा उल्लेख छ।
चैत १६ को सूचना कार्यान्वयन नगर्न तथा तत्काल स्ववियु निर्वाचन गर्न आदेश दिएको हो । चैत ५ मा १०० मत खसेपछि विद्यार्थी संगठनहरूले निर्वाचन विथाेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण