योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
सोमबार, २५ चैत २०८१, २० : २८
काठमाडौँ । नेपालले १६ औँ विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ ।
नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जितेको छ ।
मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । ९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे ।
सोही उमेरसमूहमा किरन मगर र संस्कृति चौलागाईं तथा १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् ।
२३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण