सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीले ‘फूल फूल्यो फक्रियो’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गायिका तारा अधिकारीको स्वर रहेको गीतमा संगीतकार दीपक शर्माले संगीत गरेका छन् भने संविन सुवेदीले संगीत संयोजन गरेका छन् ।
लामो समय संगीत साधना गरेकी गायिका तारा भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन् । २०७२ सालमा एकल एल्बम ‘किनारा’मार्फत सांगीतिक बजारमा आएकी राधिकाका भने दर्जन बढी गीत सार्वजनिक भएका छन् । लेखनमा सामाजिक मुद्दा उठाउन गर्ने अधिकारीका गीतमा मानव जीवन, मानवीय संवेदना र समाजिक उत्तरदात्वको भावमा ढल्काव देखिन्छ ।
विन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनाल फिचर्ड छन् । जीवनको मध्येविन्दुमा बाँचिआएको जीवनप्रतिका सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी निकै खुलेको छ । गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले गरेका छन् । भूपेन्द्र थापा मगरले छायाँङ्कन गरेको भिडियोको दृष्य सम्पादन माधव बेलबासेले गरेका हुन् ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित