सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
काठमाडौं । सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीले ‘फूल फूल्यो फक्रियो’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गायिका तारा अधिकारीको स्वर रहेको गीतमा संगीतकार दीपक शर्माले संगीत गरेका छन् भने संविन सुवेदीले संगीत संयोजन गरेका छन् ।
लामो समय संगीत साधना गरेकी गायिका तारा भाइरल गीत गाउन नचाहेका कारण उति साह्रो चर्चामा आउन भने सकेकी छैनन् । २०७२ सालमा एकल एल्बम ‘किनारा’मार्फत सांगीतिक बजारमा आएकी राधिकाका भने दर्जन बढी गीत सार्वजनिक भएका छन् । लेखनमा सामाजिक मुद्दा उठाउन गर्ने अधिकारीका गीतमा मानव जीवन, मानवीय संवेदना र समाजिक उत्तरदात्वको भावमा ढल्काव देखिन्छ ।
विन्ध्यबासिनी म्यूजिकबाट बजारमा आएको गीतको म्यूजिक भिडियोमा मोडल स्मारिका ढकाल र नव नायक सागर खनाल फिचर्ड छन् । जीवनको मध्येविन्दुमा बाँचिआएको जीवनप्रतिका सम्झनामा लेखिएको गीतमा ढकाल र खनालको प्रेमिल जोडी निकै खुलेको छ । गीतको म्यूजिक भिडियो निर्देशन प्रहिल कार्कीले गरेका छन् । भूपेन्द्र थापा मगरले छायाँङ्कन गरेको भिडियोको दृष्य सम्पादन माधव बेलबासेले गरेका हुन् ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण