गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट
मङ्गलबार, २६ चैत २०८१, ११ : २५

काठमाडौँ । नेकपा एमालेले गणतन्त्रको पक्षमा सचेतना फैलाउन आजबाट प्रदेशस्तरीय जागरण सभा गर्दैछ । मंगलबारदेखि कर्णालीको सुर्खेतबाट प्रदेशस्तरीय जागरण सभा सुरु हुन लागेको नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।
‘गणतन्त्रको पक्षमा सचेतना फैलाउन एमालेले चैत ११ मा वडा र १८ गते जिल्लास्तरीय जागरण सभा गरिसकेको छ । त्यसैको निरन्तरता स्वरुप आजदेखि प्रदेशस्तरीय सभा हुँदैछ’,अधिकारीले भने,‘कर्णालीको सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल त्यसतर्फ गइसक्नुभएको छ ।’
त्यसै गरी एमालेले चैत २९ गते सुदूरपश्चिम र लुम्बिनी तथा ३० गते कोशी र गण्डकी प्रदेशमा जागरण सभा आयोजना गर्दैछ ।
ती सभाहरूमा अध्यक्ष र महासचिवले सम्बोधन गर्ने नेता अधिकारीले जानकारी दिए । बागमती र मधेसमा हुने जागरण सभाको मिति तय गर्न बाँकी रहेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा