बार निर्वाचन
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर
मङ्गलबार, २६ चैत २०८१, ११ : ३१
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना जारी छ । हालसम्मको परिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मतान्तर झनै बढाएका छन् ।
निर्वाचन समितिका अनुसार ७६२ मत प्राप्त गर्दा नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ४५९ मत पाएका छन् । उनीहरूबिचको मतान्तर ३०३ रहेको छ ।
पछिल्लो समय बागलुङ जिल्ला केन्द्रको मत परिणाम सार्वजनिक भएको हो । बागलुङ श्रेष्ठको गृह जिल्ला हो । मत परिणाम अनुसार बागलुङमा मिश्रले ५५ मत ल्याउँदा श्रेष्ठले २५ मत मात्र प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण